नेकपाको आधिकारिकता दाबी गर्दै प्रचण्ड र माधव नेपाल पक्ष बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा पुगेको छ ।
मंगलबार कार्की पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय लिएर नेता लीलामणि पोखरेल निर्वाचन आयोग पुगेका थिए ।
यसअघि सोमबार पोखरेल नै आयोगमा पुगेर अध्यक्ष केपी ओलीमाथि अनुशासनको कारबाही गर्ने निर्णय भएको पत्र बुझाएका थिए ।
नेकपाको केपी ओली पक्षले मंगलबारै केन्द्रीय कमिटी पुनर्गठन र विधान संशोधनको निर्णय आयोगमा बुझाएर अोली नेतृत्वको नेकपा नै आधिकारिक रहेको बताएको थियो ।
अब दुवै पक्षले मूल पार्टी दाबी गरेपछि यसको छिनोफानो आयोगले गर्नुपर्ने भएको छ ।