राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको एजेन्डा र मार्गचित्रबाट मात्र मुकुकको संकटमोचन हुनसक्ने दाबी गरेका छन ।
अध्यक्ष थापाले बुधबार (आज) काठमाडौंमा आयोजित आन्दोलन तयारी बैठकलाई सम्बोधन गर्दै मुलुक संकटको दलदलमा भासिएको बताउँलै राप्रपाको एजेन्डा र मार्गचित्रबाट मात्र मुकुकको संकटमोचन हुनसक्ने दाबी गरेका हुन् ।
सोही अवसरमा अध्यक्ष थापाले पार्टीको एजेन्डा स्थापित गर्नमा केन्द्रित हुन कार्यकर्ताहरुलाई आग्रह पनि गरेका छन् । साथै, राष्ट्रबादी शक्ति एकजुट भएर राप्रपाको नेतृत्व र झण्डामा गोलबन्द भई अघि बढ्न अपील गरेका छन ।
त्यस्तै, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले कांग्रेस–कम्युनिस्टले मुलुक सञ्चालन गर्न नसक्ने बताउँलै राप्रपा अघि सर्नुपर्ने बेला भएको बताए । उनले राजसंस्था र हिन्दूराष्ट्रलाई पुनस्र्थापना गर्नको लागि सबै तह र तप्कामा सक्रियताको आवश्यकता भएको बताए ।