सोमबार मोरङको बेलबारी ४ मा एक सडक दु,र्घटना भयो। स्कुटर दु,र्घटनामा परी बेलबारी नगरपालिका ११ का ४३ वर्षीय अर्जुन खत्री र सोही स्थानका ६३ वर्षीय दुर्गा भण्डारी घा,इते भए । पूर्व पश्चिम राज मार्गमा भएको सो दु,र्घटनामा परी घा,इतेहरु सडकमा त,ड्पिदा पनि मानिसहरुले हेरिरहे, उनीहरुको उद्धार भए।
यसै क्रममा झापाबाट आउँदै गरेका मुख्यमन्त्री शेरधन राईको सवारी लस्कर सोही स्थानमा पुग्यो । तर, सो लस्करले पनि घा,इतेलाई सडकमै छोडेर हिँड्यो । लस्करमा मुख्यमन्त्री राईले सडकमा भएको दु,र्घटना हेर्न चाहेनन्। उनीसँगै रहेका सुरक्षाकर्मीलाई उनले उद्धार गर्न भनेनन्।
तिनै सडकमा छ’ट्पटाई रहेका नागरिकले राज्यलाई तिरेको करमा पा’लिएका भिआईपिले घा,इतेलाई उठाएर अस्पताल पठाउन सक्दैनन् । मुख्यमन्त्रीको लस्कर त्यहाँबाट गएको केही समय पछि प्रहरी त्यहाँ पुगेर घा,इतेको उद्धार गर्यो। तर, उद्धारमा ढिलाई भइ सकेको थियो। घा,इते मध्ये खत्रीको नि,धन भइसकेको छ। अर्को घा,इते भण्डारीको उपचार भइरहेको प्रहरीले जनाएको छ।