प्रतिनिधि सभा विघटनको स्वागत गर्दै प्रचण्डको गृहजिल्लामा दीपावली

प्रतिनिधि सभा विघटनको स्वागत गर्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्लामा दीपावली गरिएको छ ।

प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओलीको सो कदमको स्वागत गर्दै नेकपा निकट युवाहरुले चितवनको खैरहनी नगरपालिकामा दीपावली गरेका हुन् ।

देशलाई गलत मानिसको हातमा दिनुभन्दा जनताको माझ सुम्पिनु उचित भएको भन्दै दीपावली गरिएको युवा नेता सुरज थपलियाले जानकारी दिनुभयो । युवाहरुले केपी ओली जिन्दावाद, भारतीय दलालहरु होसियार लगायत नारा पनि लगाएका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *