लमजुङमा प्रचण्ड समूहबाट नेकपा ज़िल्ला अध्यक्ष भएकी मधु अधिकारीलाई ओली समूहका कार्यकर्ताले कार्यालयमै थुनिदिएका छन्।
ओली कार्यकर्ताले नेकपाको पार्टी कार्यालयमा तालाबन्दी गरेको हो।
अध्यक्ष अधिकारी दुई घन्टा कार्यकक्षमै थुनिएकी थिइन्।
लमजुङको बेसीसहरस्थित नेकपाको पार्टी कार्यालय (मदन–आश्रित स्मृति भवन)मा प्रधानमन्त्री तथा नेकपा केन्द्रीय अध्यक्ष केपी ओलीनिकट राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ताले अध्यक्षको कार्यकक्षमा ताला लगाएको बताइएको छ। ।
राष्ट्रिय युवा संघका जिल्ला संयोजक ऋषि बस्नेतले पार्टी कार्यालयमा बसेर सरकारविरोधी कार्य गर्न नदिन ताला लगाएको बताए।