संसद् विघटन गरेको विरोधमा मोरङका राजनीतिक दलहरूको संयुक्त प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा मोरङका राजनीतिक दलहरूले संयुक्त प्रदर्शन गरेका छन् । विराटनगरमा सोमबार नेकपा, नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले ओलीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

आन्दोलनकारीले ‘ओली तिम्रो पाराले दुःख पाए साराले’ भन्दै नाराबाजी गरेका थिए । नाराबाजी पछिको कोणसभामा जनता समाजवादी पार्टीका नेता मोहमद कादिरले ओलीले प्रतिगामी कदम चालको आरोप लगाए । उनले फिर्ता नलिए कडा सङ्घर्ष गर्ने चेतावनी दिए ।

नेपाली काङ्ग्रेस मोरङका सचिव नागेश कोइरालाले सरकारले असंवैधानिक कदमविरुद्ध सडकमा उत्रनु परेको बताए । नेकपा मोरङका सचिव गणेश उप्रेतीले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र व्यवस्था मास्न केन्द्रित भएको बताए ।

ओलीले संविधानमाथि कू गरेर व्यवस्था मास्न खोजेको आरोप लगाए । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जयराम यादवले सरकार प्रतिगमनतर्फ लागेको दाबी गरे ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *