युभेन्ट्स स्टार क्रिस्टियानो रोनाल्डो युवा खेलाडी होइनन् तर पनि रोनाल्डोको कल्पना नगर्ने क्लबको भने कमि छैन । युभेन्ट्स साथै विश्व फुटबलका उत्कृष्ट फरवार्डको रुपमा मानिने रोनाल्डो माथि धेरै क्लबको चाहना रहदै आएकोमा स्पेन एबम टुट्टोयुभेका अनुसार रोनाल्डो माथि म्यानचेस्टर युनाइटेडको नजर अझै रहेको दाबी गरिएको छ ।
३५ बर्ष पार गर्ने सुरमा रहेका रोनाल्डो उनको बेलाका एबम हालसम्मका समेत एक विशिष्ट अट्याकर हुन् । युभेन्ट्सको खेलमा समेत रोनाल्डोको भूमिका उतिकै मूल्यवान छ भने ठुलो पारिश्रमिक लिने खेलाडीमा समेत रोनाल्डो शिर्ष स्थान मै छन् । रोनाल्डोको पारिश्रमिक कै कारण धेरै क्लबहरुले आफ्नो चाहनालाई दबाएका छन् भने युनाइटेडले रोनाल्डोको क्लब बहिर्गमनको पहिलो खबर पश्चात देखि नै उनि माथि नजर कायम राखेको छ ।
हाल युभेन्ट्सले नै दिदै आएको पारिश्रमिकमा प्रिमिएर लिग जायन्ट म्यानचेस्टर युनाइटेडले समेत रोनाल्डोको पारिश्रमिक ३० मिलियन यूरो दिने प्रस्ताव समेत सार्वाजनिक गरेको छ ।
पहिलो यूरोपियन च्याम्पियन लिग रोनाल्डोले युनाइटेड मार्फत नै जितेका थिए, रोनाल्डोले युभेन्ट्स पश्चात बनाएको गन्तब्य नै जीवन फुटबलको योगफल या सन्यास केन्द्र हुने छ, युनाइटेडका निम्ति अवसर रहेता पनि रोनाल्डो भित्र्याउने उतिकै कठिन समेत छ । रोनाल्डोले एक च्याम्पियन लिग युभेन्ट्सका निम्ति जिताउने अठोटमा छन् जुन पश्चात मात्र रोनाल्डोले क्लबबाट बाहिरिने सोचमा रहेको बुझिन्छ ।
रोनाल्डोले युभेन्ट्स छाडे गतब्य कहाँ बनाउने हो भन्ने हालसम्म रोनाल्डोले इशारा गरेका छैनन् ।