गाडीकाे ट्युबमा लुकाइछिपाइ राखेकाे मदिरा बरामद

प्रहरीले गाडीकाे ट्युबमा लुकाइछिपाइ राखेकाे मदिरा बरामद गरेकाे छ।

महानगरीय प्रहरी वृत्त कालीमाटीले काठमाडौं १४ कलंकी हनुमान गल्लीस्थित प्रसाई निवासको भर्‍याङमुनि लुकाइछिपाइ राखेको गाडीको ट्युबमा अन्दाजी ३०० लिटर घरेलु बरामद गरिएको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी प्रमुख डिएसपी अपिल बाेहाेराले बताए।

मदिरा फेला पारी नियन्त्रणमा लिई महानगरीय प्रहरी प्रभाग स्युचाटारमा राखिएकोमा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गर्ने कार्य भइरहेको कालीमाटी वृत्तले जनाएको छ।त्यस्तै, घरेलु मदिरा अवैध मदिरा नष्ट गर्ने अभियानअन्तर्गत काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं. ७,९ र १० को वडा एरियामा म.न.प्र.प्रभाग स्युचाटारबाट एरियामा रहेको विभिन्न होटल तथा भट्टीपसल चेक गर्दा अं.२०० लिटर घरेलु मदिरा नियन्त्रणमा लिई स्थानीयको रोहबरमा नष्ट गरिएको बताए। सेतोपाटी 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *