पुनको सचिवालयले पुनले कुनै पनि सरकारी सामान नलगेको स्पस्ट,गलत दुस्प्रचार जारी रहे कानुनी उपचारमा जाने

निवर्तमान उर्जा जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुन अनन्तले मन्त्री क्वाटरबाट कुनै पनि सरकारी सामान नलगेको स्पष्ट पारिएको छ ।

आइतबार मन्त्री पदबाट राजीनामा दिएर आइतबार नै मन्त्री क्वाटर छाड्नु भएका पुनले आफू निस्कीदा सरकारी सामानहरु समेत लगेको विभिन्न समाचार माध्यमहरुमा आएका थिए । तर उनको सचिवालयले कुनै पनि सरकारी सामान नलगेको स्पस्ट पारेको छ ।

उनकाे सचिवालयले भनेको छ, ‘उहाँको कदमबाट डराएका प्रवृत्ति र पात्रहरुले उहाँको सामाजिक र राजनीतिक चरित्र हत्या गर्ने खराब मनसायले गरिएको प्रचारप्रति आपत्ति प्रकट गर्दछु । यदि यस्तै प्रचारका गलत दुस्प्रचार जारी रहे गलत प्रचारमा संलग्नहरुमाथि कानूनी उपचारमा जानुपर्ने अवस्था समेत आउन सक्ने जानकारी गराउँदछाैँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरे लगत्तै मन्त्री बाट राजीनामा दिएका पुनले आइतबार नै मन्त्री क्वाटर छाडेका थिय।

त्यसक्रममा उनले सरकारी सामानहरु समेत साथै लगेको विभिन्न समाचार माध्यमहरुमा आएका थिए । प्रधानमन्त्री ओलीको कदम अंवैधानिक भन्दै बिरोध स्वरुप पुनले मन्त्री पदबाट राजीनामा दिएक हुन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *