प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध असहयोग , गुटबन्दी र घेरावन्दी भएपछि बाध्य भएर संसद विघटनको बाटो समात्नु परेको दोहोर्याएका छन ।
संसद विघटनबारे प्रष्ट पार्न आइतबार अपरान्ह देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले जनादेश विपरीत बार्गेनिङ गर्ने , विसंगत गतिविधि गर्ने र पद प्रतिष्ठा एवं दीवास्वप्नमात्र पूरा गर्न खोज्नेहरुको घेरावन्दीमा सरकार परेको दावी गरे।
उनले सरकारले दूरगामी महत्वको काम गरेको र मुलुकको हितमा धेरै अहम सवालको कार्य गरेको दावी गर्दै विपक्षी दललाई पनि उछिनेर पार्टी भित्रैबाट विरोध सुरु भएपछि आफुसंग नयाँ जनादेश भन्दा अर्को विकल्प नरहेको प्रष्ट पारेका छन ।