प्रधानमन्त्री र प्रधानन्याधीशको एउटै लाइन

काठमाडौं- संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि बसेको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भए । तर, परिषद सदस्य प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित भए । तिमिल्सिना ओलीका पुराना विश्वासपात्र हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक डाकी अध्यादेश बमोजिम संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिको सिफारिश गरेका थिए । जसमा राणा पनि सहभागी थिए । पदाधिकारीमध्ये प्रधानन्यायाधीश राणा निकट पनि परेपछि राजनीतिवृत्तमा तरंग आएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा सिफारिशमा परेका किशोर सिलवाल, निर्वाचन आयुक्तमा सिफारिश रामप्रसाद भण्डारी, मानवअधिकार आयोगमा अध्यक्षमा सिफारिश भएका पूर्वन्यायाधीश तपबहादुर मगर, आयोग सदस्य मनोज दुवाडी र समावेशी आयोगका सदस्य सिफारिश डा. रामकृष्ण तिमिल्सिना प्रधानन्यायाधीश राणा निकट हुन् ।

राजनीतिक तहमा खासै सम्बन्ध नभएकाहरुको संवैधानिक निकायमा नियुक्तिको सिफारिश सँगै देशले नयाँ कोर्स लिन थालेको विश्लेषण हुनथालेको छ । अर्कोतर्फ, प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाको ट्युनिङ मिलेको छ । यसले देशको राजनीतिलाई प्रभावित गर्न सक्छ । अबको शासनसत्ता केही समय यी दुईको ट्निङबाट निर्देशित भएर चल्ने देखिएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *