काँग्रेस नेता सिटौलाको छातिमा समस्या आएपछि अस्पताल भर्ना

काठमाडौं, ५ पुस । कोरोना संक्रमण पुष्टि भएका नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना हुनु भएको छ । उहाँको छातीमा समस्या आएको बताइएको छ । नेता सिटौलाको अहिले ह्याम्स अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

उहाँमा १० दिन अघि कोरोना पुष्टि भएको थियो । यसअघि उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *