ओलीले आफ्नो पक्षका सांसदलाई बोलाए बालुवाटार

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ‌ओलीले आफ्नो पक्षका सांसदहरूलाई बालुवाटार बोलाएका छन् । उनले आफ्नो पक्षका सबै सांसदहरूलाई सोमबार बिहान ९ बजे बालुवाटार बोलाएका हुन् ।

मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर ।
प्रतिनिधिसभा विघटन गरेपछिको अवस्था बुझ्नका लागि प्रधानमन्त्री ओलीले आफू पक्षका सांसदहरूलाई बालुवाटार बोलाएको एक सांसदले जानकारी दिए ।

‘भोलि ९ बजे आफू पक्षका सांसदहरूलाई । सायद पछिल्लो अवस्थाबारे जानकारी दिनका लागि र अवस्था बुझ्नका लागि बोलाउनुभएको होला,’ प्रधानमन्त्री निकट एक सांसदले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभाका आफू निकट सांसदहरूलाई बोलाएको ती सांसदले जानकारी दिए । प्रधानमन्त्रीले आफू निकट केही सांसद र नेताहरूसँग भने आइतबार साँझ छलफल गरेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *