प्रधानमन्त्रीविरुद्ध १०:५० बजे नै अविश्वासको प्रस्ताव दर्ता भएको खुलासा

काठमाडौं, पुस ५ गते । संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ । राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु अगाडि नै सो प्रस्ताव १० बजेर ५० मिनेट जाँदा दर्ता गरेको पाइएको हो । सो प्रस्ताव आज विहान संसद सचिवालयमा दर्ता गरिएको उल्लेख छ ।

बहुमत प्राप्त सरकारलाई देश र जनताको सर्वेपरि हितमा सदुपयोग गर्नेतर्फ दत्तचितका साथ लाग्नु पर्ने समयको आवश्यकता र जनताको माग अनुरुप काममा संवेदनशील र गम्भीर प्रधानमन्त्री नदेखिएको उक्त पेश गरिएको पत्रमा उल्लेख गरिएको छ । प्रधानमन्त्री पदको गरिमा र प्रतिष्ठासँग नमिल्दा कतिपय कार्य, व्यवहारप्रति जनताबाट बारम्बार गरिएको आलोचना र टिप्पणीप्रति ध्यान नदिइएको प्रस्तावमा भनिएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *