जाडोमा १३ सय बालबालिकालाई न्यानो ज्याकेट

कर्मफलाईट फाउन्डेशन नेपाल पोखरा कास्कीद्वारा शैक्षिक सुधार कार्यक्रम अन्र्तगत न्यानो ज्याकेट परियोजना मार्फत १३ सय बालबालिकालाई ज्याकेट हस्तान्त्रण कार्यक्रम सुरु गरीएको छ ।

चिसो बद्दै जाँदा बालबालिकालाई अध्ययनसँगै चिसोबाट बच्नका निम्ति सहज होस भन्ने उद्देश्यले आफुहरुले यो कार्यक्रम लिइएको कर्मफलाईट फाउन्डेशनका कार्यक्रम निर्देशक प्रेम कुवँरले बताए ।

फाउन्डेशनले लिएको कार्यक्रम अन्र्तगत ढोरपाटन नगरपालिका स्थित गत भाद्र महिनाको बाढीले क्षेति पु-याएको जनजागृर्ती प्राथमिक विद्यालयका सबै बालबालिका र सरस्वती आधारभुत विद्यालय गरी कुल २ सय ४९ जना बालबालिकालाई ज्याकेट हस्तान्त्रण गरिएको छ ।

जिवन घर्तीको संयोजनमा उक्त विद्यालयमा ज्याकेट हस्तान्त्रण गरिएको थियो । त्यसैगरी निसीखोला गाउँपालिका २ मा ७ सय ७ जना प्राथमिक तहमा अध्ययनरत बालबालिकाका समेतज्याकेट हस्तान्त्रण गरिएको छ । 

जसमा ६० प्रतिशत कर्मफलाईट्स फाउन्डेशन, निसीखोला गाउँपालिका २ को चालिस प्रतिशत लगानीमा र  स्थानीय विद्यालयको पचास हजार लगानीमा थप कक्षा ६ र ७ का विद्यार्थीलाई ज्याकेट उपलब्ध गराइएको छ । 

कर्मफलाईट्सको टिमद्वारा पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १, ५ र ६ मा गरी ४ विद्यालयका ३ सय ७२ जना बालबालिकाका निम्ती ज्याकेट हस्तान्त्रण कार्यक्रम सुरु गरीएको कुँवरले बताए ।

उक्त क्षेत्रमा गरबि, जेहेन्दार र प्रावि तहका विद्यार्थीका निम्ती ज्याकेट हस्तान्त्रण गरीएको कर्मफलाईट फाउन्डेशनका कार्यक्रम निर्दशक कुवँरले बताए । 

उनका अनुसार स्थानीय पालिकामा शैक्षिक सुधार कार्यक्रम समेत अगाडी बढाइएको जनाइएको छ । विगतका वर्षदेखिनै शिक्षा क्षेत्रमा सहयोग पु¥याउँदै आइरहेको कर्मफलाईट्स तथा संस्थाका कार्यक्रम निर्देशक कुवँरले गरेको स्थानीय अभिभावकले खुलेर प्रशंसा व्यक्त गरेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *