मर्सिडीज कारले ठक्कर दिदा डेलिभरी ब्वाइको मृत्यु

एक मर्सिडीज कारले ठक्कर ( Mercedes Car Hits ) दिएपछि एक जनाको मृत्यु भएको छ । एक डेलिभरी ब्वाइ ( Delivery Boy ) को मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । मुम्बईमा एक तिव्र गतिको मर्सिडीज कारले ठक्कर दिएपछि एक युवकको मृत्यु भएको हो । मुम्बईमा तिव्र गतिमा आएको कारले २० बर्ष भन्दा कम उमेरका फूड एप डेलिभरी ब्वाइको ज्यान लिएको हो ।

भारत, महाराष्ट्रको राजधानी मुम्बईको ओस्वीरा क्षेत्रमा डेलिभरी ब्वाइको स्कूटरलाई एउटा तीव्र वेगको मर्सिडीज कारले ठक्कर दियो । यस कारण, २० बर्ष भन्दा कम उमेरका एक युवक गम्भीर घाइते भए ।

उनलाई अस्पतालमा भर्ना गरियो, अस्पतालमा पुर्याएपछि उनको मृत्यु भयो । ओशिवरा क्षेत्रमा मर्सिडीज कारका कारण भएको मृत्युपछि प्रहरीले कार चालकलाई पक्राउ गरेको छ । मृतकका मामाले भने, ‘दुर्घटना रेस ड्राइभिङ्गको हो, कारमा ३–४ जना मानिस थिए । मेरो भान्जा जोमाटोको डेलिभरी लिदै थिए, ऊ अर्को वर्ष जनवरीमा २० वर्षको हुँदै थियो ।’

पुलिसले एक जनालाई मात्र नियन्त्रणमा लिएको छ । शहरको एक व्यापारीको नाबालिक छोराले कारलाई चलाएको थियो । एक प्रहरी अधिकारीले यो जानकारी दिएका छन् । उनले भने कि कार एक नाबालिकले चलाएको थियो । जानकारी अनुसार एक व्यापारीको छोरा कलेजमा पढ्ने किशोरद्वारा कार संचालित थियो । अधिकारीले भने कि मृतक एक रेस्टुरेन्ट एग्रीगेटर कम्पनीमा डेलिभरी ब्वाइ थिए । दुर्घटना ओशिवरामा साढे दुई बजे भयो ।

कार चालकले स्कूटीलाई ओभरटेक गर्न खोज्ने डेलिभरी ब्वाइलाई ठक्कर दियो । मृतकको पहिचान सतीश गुप्ताको रुपमा भएको छ । प्रहरीले १९ वर्षीय विद्यार्थीलाई पक्राउ गरेको छ, जो कार चलाउँदै थिए । आरोपी एक व्यापारीको छोरा हुन्, जसले आयात–निर्यातको काम गर्छन । उनी मिल्लत नगरमा बस्ने गरेको बताइएको छ । आरोपितलाई कानून अन्तर्गत मुद्दा दर्ता गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *