खुमलटारबाट बाहिरिने बितिक्कै मन्त्रीहरुलाई भेट्न ओली मन्त्री क्वार्टर पुल्चोक पुगे

शनिबार बिहान खुमलटार पुगेर नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर बाहिरिएपछि मन्त्रीहरूलाई भेट्न उनी मन्त्री क्वार्टर पुल्चोक पुगेका हुन्।

पुल्चोकमा पुगेर मन्त्रीहरूसँग प्रधानमन्त्रीले आकस्मिक भेट गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

उनले गृहमन्त्री रामबहादुर थापा, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्याललाई मन्त्री निवासमा गएर भेटेका हुन्।

अध्यक्ष दाहालसँग खुमलटारको भेटवार्तापछि प्रधानमन्त्रीले साइडलाइन मिटिङका क्रममा मन्त्री निवास पुल्चोकमा पुगेर मन्त्रीसँग छलफल गरेको थापाले जानकारी दिए।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *