चर्चित भारतीय गायिका नेहा कक्करले उनका फ्यानहरुलाई नराम्रोसँग उल्लु बनाएको खुल्न आएको छ । उनले आफ्ना पति रोहन प्रीत सिंहसँगै पेटमा बच्चा भएको तस्विर सामाजिक सञ्जालमा शेयर गरेसँगै यो विषय चर्चामा आएको थियो ।
तस्विरमा नेहा गर्भावती रहेको देख्न सकिन्छ । उनले उक्त फोटोमा क्याप्शन समेत लेखेकि थिइन्, ‘अब ख्याल राख्नुहोस् ।’ उक्त तस्विरमा उनका थुप्रै प्रशंसकहरुले बधाई पनि दिएका छन् । नेहाका भाई टोनी कक्करले त अब म मामा बन्छु भन्दै प्रतिकृया जनाएका थिए ।
स्वंयम नेहाका श्रीमान एवं गायक रोहनले पनि अब अझ धेरै ख्याल राख्नुपर्छ भन्दै लेखेका थिए । यति भएपछि लगभग सबैजना के कुरामा पक्का भए भने नेहा गर्भवती भइन् । विहे भएको मात्र दुई महिनामा यस्तो प्रगती भएपछि कतिले यति चाडैँ पनि भनेका छन् । अहिले बाहिर आएको सत्यपछि सबै हैरान भएका छन् ।
भारतीय सञ्चारमा माध्यमका अनुसार यो तस्बिर नेहा र रोहनको आगामी गीतको प्रचारको लागि खिचिएको थियो । केही विशेष स्रोतहरूले भनेका छन् कि नेहा र रोहनको उक्त तस्विर उनीहरूको आगामी म्युजिक भिडियोको लागि हो । उनीहरुले गीत ‘ख्याल राख्या कर’ को भाग २ हो जसमा नेहा र रोहनको अभिनय रहेको छ । उनका हालैका केही तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा बच्चा देख्न सकिदैँन् ।