काठमाडौँमा अहिलेसम्मै कै कम १.६ डिग्री सेल्सियस, जुम्लामा माइनस ७

हाल उत्तर–पश्चिमी वायुको प्रभाव नेपालमा रहेको छ ।

पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ ।

केही दिनदेखि देशभर चिसो बढ्दै गएको छ । काठमाडौँ उपत्यकामा पनि तापक्रम झर्दै गएको अवस्था छ।

शनिबार काठमाडौँको न्यूनतम तापक्रम अहिलेसम्मै कै कम १.६ डिग्री सेल्सियस र अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस छ ।

नेपालकै सबैभन्दा कम न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियस जुम्लामा पुगेको छ ।

त्यस्तै, जोमसोमको न्यूनतम तापक्रम माइनस ३ डिग्री सेल्सियस र जिरीको माइनस ३.५ डिग्री सेल्सियस रहेको छ ।

दिपायलको न्यूनतम तापक्रम ०.७ डिग्री सेल्सिय रहेको छ भने वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.८ रहेको छ । ताप्लेजुङको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस रहेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *