अभियान चलाएर दुई लाख नगद सहित न्यानो कपडा हस्तान्तरण

बाजुरा बुढिगंगा नगरपालिकामा दुई लाख नगद सहित न्यानो कपडा हस्तान्तरण गरिएको छ । बुढिगंगा नगरपालिका –१०का स्वर्गीय रमेश मिजारका नाबालक सन्तानहरुले किरिया गर्ने खर्च पाएका थिएनन भने उक्त नगरपालिका –५ का स्वर्गीय मोहन बिकका नाबालक सन्तानहरुलाई बिद्यालय जान पनि आर्थिक अभाव थियो, समाजिक सन्जालमा तिनिहरुको अबस्था थाहा पाए पछि पारस रावल ,प्रकाश मिजार र रीता शाहिले सहयोगको लागि अभियान चलाएर ती नाजुक अवस्थाका फोटोहरु सामाजिक अभियन्ता हेम थापा कहाँ पुगेका थिए र उक्त फोटो हेम थापाले ज्वाला संरौला सम्म पुगाए पछि ज्वाला संरौलाले अभियान चलाएर तीन दिन भित्रमा दुई लाख चौध हजार नगद संकलन भएको बताएकि छन ।हिजो बुढिगंगा नगरपालिकाको सभा हलमा एक औपचारिक कार्यक्रम गरेर उक्त रकम दुइटै परिवारलाई प्रति परिवार रु एक लाख आठ हजारका दरले न्यानो कपडा सहित हस्तान्तरण गरिएको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *