काम विशेष भन्दै बाहिर निस्किएका चौकीदार पुन फरार

। नेपालगञ्ज कारागारबाट एकजना कैदी भागेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार कारागारका चौकीदार पवन पुन फरार भएका हुन् ।
कारागारका चौकीदारहरु काम पर्दा बाहिर निस्किने गर्दछन् । काम विशेष भन्दै बाहिर निस्किएका चौकीदार पुन भने फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको बताएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले घटनाको छानबिनका लागि तीन सदस्यी छानबिन समिति गठन गरेको लाइभपाटी डट कमलाई बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको संयोजकत्वमा डीएसपी सहितको छानबिन समिति बनाएको छ । नेपालगञ्ज कारागारबाट केही वर्षअघि पनि एकजना चौकीदार फरार भएका थिए । उनलाई बर्दियाबाट पक्राउ गरिएको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *