। पछिल्लो समय नेपाल र भारतबीच सीमा विवादलाई लिएर सम्बन्ध खराब बनेको छ । भारतले नेपाललाई पटक–पटक चेतावनी पनि दिदैँ आएको छ । यो बीचमा भारतले एक देशको नाम लिदैँ नेपाल–चीन सम्बन्धका बारेमा नयाँ बयान जारी गरेको छ ।
भारतीय सेनाका पूर्व प्रमुख एवं चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल बिपिन रावतले नेपाललाई चेतावनी दिएका हुन् । राउतवले श्रीलंकाको उदाहारण दिएर नेपाललाई सन्देश दिन खोजेको देखिएको छ । नेपालले श्रीलंका र अरु देशबाट सिक्नुपर्ने सीडीएस जनरल रावतले एक कार्यक्रममा बयान दिएका हुन् । उनले नेपाल–चीन बीचको सम्बन्धलाई लिएर यस्तो बताएका हुन् ।
उनले चीनको ऋण नीतिका बारेमा उक्त बयान दिएका हुन् । उनले भनेका छन, ‘भारतको सद्भावना कुनै तार जोडिएर साथ आउँदैन । नेपाल अन्तर्राष्ट्रिय मामिलामा स्वतन्त्र रुपमा कार्य गर्न स्वतन्त्र छ तर सतर्क रहनु पर्छ । नेपालले श्रीलंका र अन्य राष्ट्रहरुबाट पनि पाठ सिक्नु पर्छ, जसले यस क्षेत्रका अन्य देशहरुसंग पनि सम्झौतामा हस्ताक्षर गरेका छन ।’
जनरल रावतले वान बेल्ट वान रोड (बीआरआई) परियोजनामा नेपालले चीनसँग लिने ऋणतर्फ संकेत गरेका हुन् । चीनले श्रीलंकामा बन्दरगाह बनाउनका लागि दिएको ऋण तिर्न नसकेपछि ९९ वर्षका लागि चीनलाई भाडामा दिनु परेको छ ।