जाजरकोटको त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ को पढाइ हुँदै। यस कोठामा ९४ विद्यार्थी थिए। डेस्क–बेन्च नपुगेर तिनीहरूमध्ये कतिपय उभिएका थिए।
शिक्षा नियमावलीले एउटा कोठामा ४० जनाभन्दा बढी राखेर पढाउन रोक लगाएको छ। तर, विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी र भौतिक साधन नहुँदा पठनपाठन कष्टपूर्ण भइरहेको निमित्त प्रधानाध्यापक हरिबहादुर बस्नेतले बताए।