शुक्रबार र शनिबार काठमाण्डाैका ३ विभिन्न ठाउँमा बत्ती जाने

शुक्रबार र शनिबार काठमाण्डाैका विभिन्न ठाउँमा केही समयका लागि बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ ।

बालाजु सबस्टेशनकाे ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकाेले यस सबस्टेशनबाट वितरित क्षेत्रमा शुक्रबार र शनिबार बत्ती जाने भएकाे हाे । शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म तीन घण्टा र शनिबार दिउँसाे १२ बजेदेखि ३ बजेसम्म तीन घण्टा बत्ती जाने भएकाे हाे ।

जडान कार्य गर्नुपर्ने हुँदा बालाजु औद्योगिक क्षेत्र १, बालाजु औद्याेगिक क्षेत्र २, ढुङ्गेधारा, महाराजगञ्ज २, नयाँ बजार र धर्मस्थली फिडरहरू शटडाउन हुने प्राधिकरणकाे जनाएकाे छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *