वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मूख्य प्रशिक्षक चयन

अष्ट्रेलियाका डेभ वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मूख्य प्रशिक्षक चयन भएका छन् । नेपाल क्रिकेट संघ क्यानले बिहिबार उनलाई मूख्य प्रशिक्षकमा छनोट गरेको हो ।

यस्तै क्यानको जनरल म्यानेजरमा रौनक बहादुर मल्ल चयन भएका छन् । यसैगरी क्रिकेट म्यानेजरमा बिनोद दास तथा मूख्य फाइनान्स अफिसरमा रमेश कुमार न्यौपाने छनोट भएको क्यानले जानकारी दिएको छ । उनीहरुको नियुक्ति सन् २०२१ को जनवरी १ बाट लागू हुनेछ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *