"नमुना क्रिकेट खेलमैदान , जहाँ आज " गौतम बुद्ध कप " सम्पन्न भएको छ । ठिक १ बर्ष अगाडि काँसै काँसको घारी भएको यो ठाँउ आज मैदानमा परिणत हुँदा म त्यति खेरको अतितलाई सम्झन चाहन्छु । जतिखेर ग्रेडर मेसिनले जमिन सम्म्याउने काम गरिसके पछि म आफैले ट्याक्टर चलाउदै , आफैले बनाएको रोलर पछाडि पटि बांधेर जमिन को लेबल मिलाउने काम गरेको थिए । यो मैदान तयार पार्नुको मुख्य उदेश्य एउटै थियो अन्तर्राष्ट्रिय खेलमैदान तयार हुनु पुर्व खेलाडीहरु लाई खेल्न योग्य होस , रंगशाला प्रति सकारात्मक प्रचारप्रसार तथा अपनहत्व ग्रहण होस् । घर भित्रै सुरक्षित महसुस गरि बस्नुपर्ने अवस्थामा लकडाउनको चरम अबधिमा टेक्निकल टिम र क्युरेटर शिसन मण्डल सहित म आफैँ दुबो रोप्न सहभागी थिए । आज त्यहीँ मैदानमा राष्ट्रिय खेलाडी सम्मेलित राष्ट्रिय प्रतियोगिता " गौतम बुद्ध कप " भब्यताका साथ सफल हुनु र राष्ट्रिय खेलाडी , संघसंस्था र खेलप्रेमी महानुभावहरु बाट अन्त्यन्तै उत्कृष्ट खेलमैदान बनेको , पिच एकदमै राम्रो बनेको भनेर प्रतिक्रिया दिईरहदा सहयोगिमनहरुको मन कति हर्षित भएको होला म कल्पना समेत गर्न सक्दिन । म सम्पूर्ण सहयोगिमनहरु प्रती आभार प्रकट गर्दछु । बिजेता टिम राप्ती लाई बधाई साथै सहभागी तिन टिम प्रती आभार व्यक्त व्यक्त गर्दै पुनः सहयोगिमनहरु लाई धन्यवाद दिदै रंगशाला निर्माण अभियानको अभियान्ता बनी अपनहत्व ग्रहण गरिदिनुहुन को लागि सबैलाई हार्दिकताको साथ अपिल गर्दछु! "