संसदको विशेष अधिवेशन माग्दै हस्ताक्षर लिएर नेकपा सांसद शीतलनिवासमा, सचिव ‘बेपत्ता’

१ पुस, काठमाडौं । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका हुन् ।

तर उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र सांसदहरुको हस्ताक्षर बुझाउन पाएका छैनन् । राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई घण्टौं कुर्दा पनि भेट्न नसकेको नेताहरुले बताएका छन् । उनको मोवाइल पनि स्वीच अफ रहेको छ । आफूहरुको निवेदन षड्यन्त्रपूर्वक बुझ्न नमानेको शीतल निवास पुगेका नेताहरुले बताएका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *