नेपाली काँग्रेस बागलुङले जिल्लाको बडिगाड गाउँपालिमा पार्टी प्रवेश तथा भेला एवं विरोध सभा सम्पन्न गरेको छ ।
बडिगाड गाउँपालिका समितिको आयोजनामा आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पुर्व जिल्ला सदस्य एवं स्थानिय नेता नरबहादुर पटेल र नेकपा बृद्धिजिवी नेता कृष्णबहादुर थापा सहित ५१ जना राजमो र नेकपाका कार्यकता काँग्रेसमा प्रवेश गरेका छन ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर थापाले नवप्रवेशीलाई स्वागत गर्दै अहिलेको सरकारको सर्वसत्ताबादले नेपाली जनतालाई दैनिक कष्ट मात्रै भएको बताए ।
उनले लामो समय देखी चुप लागेको काँग्रेस सरकारको रबैया देखेर यसको विरुद्ध सडकमा उत्रिएको बताए ।
‘काँग्रेसले नेकपाको दुई तिहाईको सरकार छ राम्रो गरोस भन्ने चाहेको थियो’ सभापति थापाले भने, ‘तर सरकार जनमुखी काम भन्दा पनि भ्रष्टचारमा लिप्त हुँदै गयो ।
अहिलको कोरोना नियन्त्रण देखीका हरेक गतिवधि देखेर जनता आजित भएका छन ।’ सरकारले काम भन्दा पनि गफ बढि गरेर जनतालाई दुःख दिने मात्र काम गरेको छ ।’
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सचिव नवराज पौडेल, महासमिति सदस्य एवं निवर्तमान उपसभापति जगदिशचन्द्र उपाध्याय, क्षेत्रीय सभापति द्रोण कुँवर, महाधिवेशन प्रतिनिधि हरिहर शर्मा, मञ्जु शर्मा चालिसे,
काँग्रेसका जिल्ला सदस्य फल बहादुर खत्री, सरस्वती आचार्य लगायतले अहिलेको सरकारको कुनै अर्थ नरहेको र जनता अबको निर्वाचनमा पुन काँग्रेसलाई रोज्ने बताएका थिए ।
कार्यक्रममा नवप्रवेशी नेता नरबहादुर पटेल र कृष्णबहादुर थापाले कम्युनिष्टहरु जनताको पक्षमा भन्दा पनि लोकतन्त्र विरोधी क्रियाकलापमा मात्र अग्रसर भएका कारण लोकतन्त्रको मुल प्रवाह|
काँग्रेसमा भएका कारण आफुहरु नेपाली काँग्रेस प्रवेश गरेको बताए । उनीहरुले काँग्रेसले विगतमा राखेको ईतिहास नेपाली जनताका लागि अतुलनिय भएको भन्दै आफुहरु कम्युनिष्टको बाटो त्यागेको बताए ।
कार्यक्रम नेपाली काँग्रेस बडिगाड गाउँपालिकाका सभापति अर्जुन प्रसाद खरेको अध्यक्षता स्थानिय नेता डिलबहादुर पुनको स्वागत र सचिव कृष्ण गुरुङको संचालनमा सम्पन्न भएको थियो ।