‘त्यत्रो वलिदान मार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त ?’ : बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सरकारले प्रतिगमनको आधार तयार गर्न लागेको आशंका गरेका छन ।

मंगलबार जारी भएको संवैधानिक परिषद सम्बन्धी नयाँ अध्यादेश सम्बन्धमा ट्वीटमार्फत भट्टराईले ठूलाे वलिदान मार्फत स्थापित गणतन्त्रको चीरहरण गर्न लागेको आशंका गरेका छन ।

उनले भने- ‘त्यत्रो वलिदान मार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त ?’ भन्दै प्रश्न गर्नु भएको छ । त्यस्तै उहाँले अर्को विनाशकारी अध्यादेश आउने र त्यो भन्दा अघि नै संसद अधिवेशन बोलाउन पनि माग गरेका छन ।

डा. भट्टराईले संवैधानिक आयोगलाई निम्छरोको संज्ञा दिए छन । अध्यादेशमा उल्लेख भएको बुँदा प्रति लक्षित गर्दै उहाँले अब अध्यादेश मार्फत बनेको तीन जनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान् भन्ने पनि प्रश्न गरेका छन ।

आज जारी भएको अध्यादेशमा प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितीमा संवैधानिक परिषद बैठक बस्न सक्ने उल्लेख छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *