कोरोना भाइरसको संक्रमण भएको आशंकामा विश्वभरका धेरै देशहरूले क्वारेन्टिनमा राख्ने गर्दै आएका छन् । यसैक्रममा युगाण्डा सरकारले कोरोना संक्रमितलाई राखिएको क्वारेन्टिनमा राखिएकाहरुले त्यहीँ यौनलीला सुरु गरेपछि सरकारले उनिहरुको गतिविधिमाथि निगरानी गर्न सुरक्षाकर्मी खटाउनुपरेको सार्वजनिक भएको छ ।युगाण्डाको स्वास्थ मन्त्रालयका अनुसार सरकारी क्वारेन्टिनमा राखिएकाहरुले एक अर्कासँग शारीरिक सम्बन्ध राख्ने कार्यले कोरोना नियन्त्रणमा ठूलो चुनौती थपेको टिप्पणी गरेको छ । युगाण्डा सरकारका स्वास्थ सचीव डियाना अटविनेका अनुसार नागरिकको यस्तो हर्कतले कोरोना भाइरस रोक्ने सबै प्रयास बेकार हुन सक्ने चिन्ता जाहेर गरे ।स्वास्थ सचीव डियानाका अनुसार क्वारेन्टिनमा राखिएका कोरोना संदिग्धहरुले आफ्ना पार्टनरसँग नभई सोही सेन्टरमा भेटिने विपरीत लिङ्गीसँग यौनलीला सुरु गर्नुले चुनौती थपेको ‘द गार्जियन नाइजेरिया’ ले उल्लेख गरेको छ ।
