• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १२, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    १ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    १ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    १ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    १ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १२, बिहिबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

ट्रेन सेट जोगाउन सुरक्षाकर्मीलाई हम्मेहम्मे सीसा फोर्ने र सामान चोरी हुने क्रम बढ्दो

होमपेज / समाज
  • ३८५ पटक पढिएको


  • २०७७ मंसिर ३०, मंगलबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जनकपुर-जयनगर खण्डमा सञ्चालनका लागि रेल सेट दसैंअघि भित्र्याइएको हो। धनुषाको इनर्वामा तीन महिनादेखि घुम्टो हालेर राखिएका ट्रेन सेट जोगाउन यतिबेला सुरक्षाकर्मीलाई हम्मेहम्मे छ।

    रेलवे ट्रयाकका फलामे क्लिप चोरी हुन थालेको छ। स्टेसनहरूका सीसा फोर्ने र सामान चोरी हुने क्रम बढेपछि सुरक्षाकर्मीलाई सास्ती बढेको छ। नेपाल रेलवे कम्पनीमा भने रेल सेवा सञ्चालनमा ल्याउन अझै सुरसार देखिँदैन।

    असोज २ गते नेपाल आइपुगेका रेलको संचालन मिति पटक पटक पछि सर्दै आए पनि अहिलेसम्म टुंगो छैन। पछिल्लो संशोधित तालिका अनुसार नयाँ भाका पुस मसान्त छ। रेल संचालनको जिम्मा पाएको नेपाल रेवले कम्पनीका महाप्रबन्धक गुरु भट्टराई मिति तोक्न मुश्किल रहेको बताउँछन्।

    ‘तयारी पूरा नभएकाले सञ्चालनको मिति घोषणा गर्न गाह्रो परेको छ। डेट नतोकौं अलि मुश्किल छ। संचालनको १५ दिन अघि नै हाम्रा कर्मचारी फिल्डमा गइसक्नुपर्छ। १५ दिन अघि मात्रै डेट फिक्स गर्छु,’ उनले भने, ‘पुस मसान्तसम्म सञ्चालनमा आउँछ। उद्घाटन प्रधानमन्त्री ज्युबाट गराउँछौं।’

    रेल चलाउन आवश्यक पर्ने प्राविधिकसहितका कर्मचारीको अझैसम्म व्यवस्थापन भइसकेको छैन। ‘करिब अढाइ सय कर्मचारी ल्याउनुपर्छ। नेपालमा भर्ना गरेर मात्रै पुग्दै मुख्य प्राविधिक कर्मचारी भारतबाट पनि ल्याउनुपर्छ,’ महाप्रबन्धक भट्टराईले भने।

    अस्थायी नियुक्ति गरेर सेवा सञ्चालन गर्ने कम्पनीको योजना थियो। त्यसका लागि अनलाइन आवेदन पनि खुलाएको हो। ३५ हजारले आवेदन दिए। तर अस्थायी नियुक्ति दिएका कर्मचारीका कारण पछि व्यवस्थापनमा अप्ठ्यारो पर्ने भन्दै लोकसेवाले हस्तक्षेप गर्‍यो।

    लोकसेवाबाट स्थायी नियुक्ति गर्ने निर्णय भयो तर त्यसको प्रक्रिया अघि बढेको छैन। ‘एउटा प्रक्रियामा गइसकेका थियौं, फेरि फर्केर शून्यमा झरेर काम गर्नुपर्यो। सुरुकै प्रक्रियामा हुन्थ्यो भने दसैंअघि नै मैले कर्मचारी भर्ना गरिसक्थेँ,’ उनले भने। उनका अनुसार लोकसेवाको प्रक्रिया लामो हुने भएकाले कर्मचारी नआउन्जेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग कर्मचारी मागिएको छ। सामान्यले ७० जना कर्मचारी उपलब्ध गराउने भएको छ।

    अधिकांश सडक विभागका इन्जिनियरहरु मिलाइदिन लागेको हो। ‘सञ्चालन गर्दै गर्न करिब १७० जना जति भए पुग्छ। ७० जना सामान्यले दिन्छ। पुरानो चलाएका ७० जना जति कर्मचारी छन्। ज्यालामा लिन्छौं,’ उनले भने, ‘सामान्य कार्यालय सहयोगी लगायतका लागि विज्ञापन गर्न पर्दैन। भारतबाट ल्याउन लागिएको २६ जनाको केही दिनमा टुंगो लाग्छ।’ आवश्यक संख्यामा कर्मचारीको टुंगो लागेपछि मात्रै रेल सेवा सञ्चालनको बाटो खुल्ने उनको भनाइ छ।

    रेल सेवा सञ्चालनका लागि स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युर चाहिन्छ। कम्पनीका अनुसार त्यो तयार हुँदैछ। नेपाली पक्षसँग रेल सञ्चालनको अनुभव नभएकाले प्रोसिड्योर भारतीय पक्षलाई बनाइदिन आग्रह गरिएको थियो। भारतले पठाएको ड्राफ्टमा केही संशोधन गरेर पुनः पठाइएको छ।

    प्रोसिड्योरमा प्राविधिक र कर्मचारी व्यवस्थापन, पदीय जिम्मेवारी, रेल छुट्ने तालिका, टिकट व्यवस्थापन, रुट लगायत सञ्चालन सम्बन्धी विषयहरु समावेश हुन्छन्। ढिलोमा दुई सातामा त्यसको अन्तिम खाका तयार हुनेछ।

    रेल सञ्चालनका लागि मुलुकमा छुट्टै कानुन पनि तयार छैन। रेलवे सम्बन्धी विधेयक राष्ट्रियसभामा पेश भएको छ। सदन नचलेका कारण त्यसमा छलफल हुनै पाएको छैन। उक्त विधेयक छलफलमा गएर तत्कालै पास भइहाल्ने अवस्था छैन। सोही कारण फास्ट ट्रयाकमा अध्यादेश ल्याएर रेल सेवा सञ्चालन गर्ने सरकारको तयारी रहेको भट्टराईले दाबी गरे। ‘प्रस्ताव मन्त्रिपरिषद्मार पेस भइसकेको छ। छिटै पास भएर आउनेछ,’ उनले भने।

    भौतिक संरचना तयार भएको लामो समयसम्म पनि रेल सञ्चालनमा नल्याइएका कारण मर्मत गर्नुपर्ने अवस्था पुगेको छ। ट्रयाकका क्लिपहरु चोरी भएको, फुटाएको, भवनका झ्यालका सिसाहरु फुटेका छन्। रेल सञ्चालन अघि फिटिङ्सहरुमा फिटिङ लुब्रिकेन्टहरु हालेर मर्मत गर्नुपर्छ।
    भारतको आर्थिक र प्राविधिक सहयोगमा तयार भएको यो रेलमार्ग हस्तान्तरण भएको छैन। सोही कारण भारतले नै मर्मत गरिदिन लागेको हो। अहिले धमाधम मर्मतको काम चलिरहेको रेल विभागका इन्जिनियर विनोद ओझाले बताए।

    उनका अनुसार कुर्थासम्म मर्मत भइसकेको छ। अहिले भवनहरु झ्याल ढोका, रंगरोगन लगायत मर्मतको काम जारी छ। धेरै वटा टिमले काम गरिरहेका छन्।

    पुस १२ गतेसम्म नेपाललाई पूर्वाधार हस्तान्तरण गरिसक्ने जानकारी पाएको महाप्रबन्धक भट्टराईले बताए। उनीहरुले सिग्नल सिस्टमसमेत इन्स्टल गर्न सुरु गरिसकेका छन्। पुस दोस्रो साता कर्मचारी फिल्डमा खटाउन सकिए पुस मसान्तबाट रेल सञ्चालन गर्न सकिने भट्टराईको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    थुप्रियो चारैतिर फोहोर, कुरुप बन्दै काठमाडौं

    सप्तकोसीमा पानीको बहाव बढेपछि ३३ वटा ढोका खोलियो

    त्रिशूलीमाथि पप्पुको पुलः ८ वर्षमा ११ प्रतिशत काम

    मुग्लिनमा राति पनि सवारी साधन सञ्चालन गर्न पाइने

    काउलीमा खानै नहुने विषादी

    ल्यान्डफिल साइटको मिथेन ग्यास जुनसुकै बेला विस्फोट हुनसक्ने

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution