काठमाडौमा निशुल्क खाना खुवाउँदै आएको समुहले अब वेरोजगारलाई जागिर दिने, पाइन्छ यस्तो जागिर

काठमाडौं । कोरोनाका कारण समस्यामा परेकाहरुलाई काठमाडौं उपत्यकामा निशुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले वेरोजगारहरुलाई रोजगारी पनि दिने भएको छ । टिमले वेरोजगार युवाहरुलाई कृषि फार्ममा रोजगारी दिने भएको छ ।

हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले त्यसको तयारी गरिएको बताएका छन् । कोरोना जोखिमका कारण काम खोसिएर वेरोजगार भएकाहरुलाई कृषी फार्ममा राजगारी दिने जनाएका छन्।गास, बास र कपास नहुने व्यक्तिहरुलाई कृषि फार्ममा रोजगारी दिने योजनाअनुसार काम भइरहेको छ, उनले भने । अहिले काठमाडौं उपत्यकामा कोठा लिएर बस्ने तर काम नपाउनेहरु बढ्दै गएका छन् ।

लामो समय देखिको लकडाउनका कारण काम खोसिएकाहरु वेरोजगार भएका हुन् । त्यस्ता ब्यक्तिलाई रासन(पानीको व्यवस्था गरिदिएको र कोठा पनि नहुने व्यक्तिहरुलाई बस्ने र खाने व्यवस्था टिमले गरिरहेको छ ।

अब भने कोठा पनि नहुने र काम पनि नपाउनेहरुलाई तराईको कुनै ठाउँमा कृषि फार्म सञ्चालन गरी रोजगारी दिन लागिएको उनले बताए । अहिले हाम्रो टिम नेपालमा खाना खान आउनेमध्येका करिब ८० जना भन्दा बढीलाई कृषि फार्ममा काम लगाउने पनि पन्तले बताए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *