साना उद्योगहरुको प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने : मंत्री कुसियत

नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको कार्यक्रमका सहभागिहरुले घरेलु तथा साना उद्योगको दर्ता प्रक्रिया निकै झण्झटिलो भएको र कोरोना महामारीको कारण उद्योगहरु प्रभावित भएको बेला स्थानीय सरकारबाट सहयोग नपाएको बताएका छन् ।

सोमबार विराटनगरमा आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघ मोङको ११ औं जिल्ला अधिवेसन एवं २२ औ जिल्ला सम्मेलन कार्यक्रममा सहभागिहरुले घरेलु तथा साना उद्योगीहरुले साना उद्योगहरुको विकास र प्रवर्द्धनमा स्थानीय सरकारहरुले सहयोग नगरेको गुनासो गरेका छन् । उनिहरुले साना उद्योगहरुलाई दोहोरो तेहोरो दर्ता प्रणालिको समस्या रहेको र हरजनाको ठूलो समस्या रहेको गुनासो गरेका छन्

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मंत्री जगदिश कुसियतले साना उद्योगहरुले थोरै मात्रामा भएपनि रोजगारी उपलब्ध गराइरहेकोले यसको प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा घरेलु तथा साना उद्योगहरुबाट उत्पादित चिया, जुत्ता, ढाका कपडा, साबुन र घरायसी सामग्रीहरु प्रदर्शनी गरिएको थियो भने घरेलु उद्यमीहरुलाई सम्मान समेत गरिएको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *