सिनामंगलको एक घरमा आगालगी

काठमाडौंको सिनामंगलस्थित सुकुम्बासी टोलको एक घरमा आगालगी भएको छ । विद्युत सट भएर आगलागी भएको हुनसक्ने अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

अहिले आगो नियन्त्रणमा आइसकेको बताइएको छ । ५ वटा दमकल प्रहरी र स्थानीय मिलेर आगोलाई नियन्त्रणमा लिएका हुन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

तर, सुकुम्वासी क्षेत्रभित्र रहेका लत्ताकपडा लगायत जलेर नष्ट भएको प्रहरीले बताएको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *