मन्त्रीले नै मागे प्रधानमन्त्री ओलीको राजीनामा


काठमाडौं, मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा उनकै दलका एकजना नेताले मागेका छन् । त्यो पनि प्रदेश १ का आर्थिक मामिलामन्त्रीले । ती मन्त्री हुन् इन्द्र आङ्बोहाङ

आज झापाको दमकमा ओलीविरोधी पक्षको अनेरास्ववियुको भेलामा उनी उपस्थित भएका थिए । भेलालाई सम्बोधन गर्दै आङ्बोहाङले प्रधानमन्त्री ओलीलाई सरकारको नेतृत्वबाट बिदाइ गर्नुपर्ने बताए । उनले भने,‘ओली नै अहिलेको मुख्य समस्या हुन्, उनलाई सरकारको नेतृत्वबाट बिदाई गरेपछि समस्या हसमाधान हुन्छ ।’

सडकमा राजावादी आउनुमा प्रधानमन्त्री ओलीकै हात रहेको आरोप समेत लगाए । सरकार अलोकप्रीय भएको आरोप लगाउँदै जनतामा वितृष्णा आउँदा राजावादीले टाउको उठाउन थालेको बताए । ओलीले संघीयता र गणतन्त्र समेत उल्टाउन खोजेको आरोप लगाए ।

उक्त भेलामा नेकपा केन्द्रीय सदस्य शिवकुमार मण्डल, अनेरास्ववियूका प्रचण्ड पक्षीय नेताहरु रन्जित तामाङ, सुदेश पराजुलीलगायतको सहभागिता थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *