• मेनु
  • प्रदेश शंस्करण
  • समाचार सार
  • समाचार सार
आज: २०८० जेष्ठ १७, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (29)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    ८ महिना अघि

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    ८ महिना अघि

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    ८ महिना अघि

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    ८ महिना अघि

    कांग्रेसलाई एमालेको प्रस्ताव – सिंगल सिंगल भिडौं, गठबन्धन टुटे पनि माओवादी बोक्दैनौं

    ८ महिना अघि

    समानुपातिकमा २० लाख भोट ल्याउँछौंः नेपाल

    ८ महिना अघि

    बालेन जस्ता केहि यूवाहरु देशमा भए कुनै नेताको आवश्यक पर्दैन ; पुर्व राजा शाह (सहि / गलत )

    ८ महिना अघि

    अदालतले दिएन सन्दीप लामिछानेलाई पक्राउ गर्ने अनुमति

    ८ महिना अघि

    ओलीको प्रश्न : प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?

    ८ महिना अघि

    औपचारिकतामै सीमित कांग्रेस अभियान

    ८ महिना अघि
  • समाचार सार
आज: २०८० जेष्ठ १७, बुधबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

टोकियो शहरमा आयोजना हुने ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’मा युवा बक्सर अविरल घिमिरे भिड्दै

होमपेज / कला/मनोरंजन
  • ३३४ पटक पढिएको


  • २०७७ मंसिर २७, शनिबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन सफल युवा बक्सर अविरल घिमिरे आइतबार जापानको टोकियो शहरमा आयोजना हुने ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’मा भिड्दै छन । नेपाली समयअनुसार सो प्रतियोगिता अपराह्न ३ बजे हुँदैछ । प्रतियोगिताको जापानी टेलिभिजनले प्रत्यक्ष प्रशारणसमेत गर्ने र भिडन्त हेर्न हजारौ खेलप्रेमी दर्शकको सहभागिता हुने बताइएको छ ।

    अहिले उनी अन्तिम प्रशिक्षणमा व्यस्त छन । युवा समाजसेवी रामनारायण घिमिरेले राससलाई दिएको जानकारीअनुसार अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरल आफ्ना बुबाकै विशेष प्रतिक्षणमा व्यस्त रहेका छन । हिमालयन चितुवाले परिचित अविरलले नियमितरुपमा सिमुरा डोजोमा दैनिक आठ घण्टाभन्दा बढी कडा प्रशिक्षण लिँदै आएका छन । “मेरो प्रशिक्षणमा अविरल कडा मेहनतका साथ प्रशिक्षणमा छ, उसले के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा चुम्नेमा म विश्वस्त छु”, प्रशिक्षक देवकुमारले भने । उनका अनुसार कम उमेरमा सो प्रतियोगितामा भिड्ने अविरल पहिलो युवा बक्सर हुन । किक बक्सिङ खेलमा विश्वको चर्चित एवं प्रतिष्ठित सो प्रतियोगितामा २१ वर्षीय बक्सर अविरलले बाज्रिलियन खेलाडी फिलिप कुमुरासँग भिड्ने छन् । बक्सर कुमुरा पनि बक्सिङ खेलका अन्तरराष्ट्रिय खेलाडी हुन् । अविरलले कुमुरलाई पराजित गरेमा नेपालको बक्सिङ खेलको प्रतिष्ठाले थप अन्तरराष्ट्रिय ख्याति कमाउने छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनीहरु विगत पाँच वर्षदेखि जापानको नागोया शहरमा रहँदै आएका छन । बक्सर अविरलले कम उमेरमा अन्तरराष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाएका छन । ‘के वन किक बक्सिङ प्रतियोगिता’लाई जापानसहित अन्तरराष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने गर्दछ । सो प्रतियोगितामा विगतमा नेपालको प्रतिनिधित्व गर्दै मार्शल आर्टकासमेत खेलाडी देवकुमारले सन् २००४ मा भाग लिने सौभाग्य पाएका थिए । उनी अन्तरराष्ट्रियस्तरका के वन बक्सर खेलाडी तथा प्रशिक्षकसमेत हुन । अविरलले हालसम्म हिट–२४ किक बक्सिङ खेलको मिडिल वेटको दुईपटक च्याम्पियन तथा हालसम्म १४ खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका र तीमध्ये नौ अन्तरराष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल भएको गुर्जुराधास्थित अन्तरराष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा सञ्चालकसमेत रहेका रामनारायणले जानकारी दिए ।

    “अविरलसँग अद्भूत, अदम्य साहस, जोश र लगनशीलता छ । नेपालका लागि के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिन छनोट हुनु नै ठूलो उपलब्धि हो । अविरलले उपाधि चुम्नेमा म विश्वस्त छु । यसका लागि अविरललाई सरकार, खेलप्रेमी नेपाली जनताले थप उत्साह, हौसला तथा प्रोत्साहन भरिदिन म आग्रह गर्दछु ।” सामाजिक सञ्जालमा हालै देवकुमारले पोष्ट गर्दै भनेका छन । यसैगरी गैरआवासीय नेपाली सङ्घका जापानका उपाध्यक्ष दीपक कार्कीले अविरल जापानमा रहे पनि नेपालको प्रतिनिधित्व गर्दै के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा छनोट हुनु नेपालका लागि प्रतिष्ठा र गर्वको कुरा रहेको जनाएका छन । बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुमेका थिए । रादा जापानका चर्चित व्यावसायिक किक बक्सर हुन् । तीन राउण्डको तीन चरणको खेलमा अङ्क बराबरी हुँदा पुनःदुई मिनेटको थप समयमा अविरलले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि हात पारेका थिए । यसैगरी उनले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए । रोमाञ्जकारी सो भिडन्तमा उनले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर बनेका थिए । सामाजिक सञ्चालमा बक्सर अविरलले भनेका छन, “पुनःएकपटक बक्सिङ खेलमार्फत नेपाललाई विश्वसित थप परिचित गराउन चाहन्छु । यसका लागि मलाई थप ऊर्जा र हौसला भरिदिनुहोस् । म के वन किक बक्सिङ प्रतियोगिताको ताज पहिरिन नजिक पुग्दैछु । यसका लागि म कठोर प्रशिक्षणका साथ अन्तिम तयारीमा छु ।”

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    १५० करोडमा बनेको रणवीरको ‘शमशेरा’ले ४२ करोड मात्रै कमायो!

    आईपीएल क्रिकेटमा दिल्लीले राजस्थानलाई ८ विकेटले हरायो

    रोनाल्डोको गोलमा युनाइटेडको जित

    आईपीएलमा चेन्नई विजयी, हैदराबाद १३ रनले पराजित

    स्पान्योललाई ४ गालले हराउँदै रियल म्याड्रिड ला लिगा च्याम्पियन

    चेल्सी र युनाइटेडको बराबरी

    ताजा समाचार
    १.

    चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    ८ महिना अघि
    २.

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    ८ महिना अघि
    ३.

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    ८ महिना अघि
    ४.

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    ८ महिना अघि
    ५.

    कांग्रेसलाई एमालेको प्रस्ताव – सिंगल सिंगल भिडौं, गठबन्धन टुटे पनि माओवादी बोक्दैनौं

    ८ महिना अघि
    ६.

    समानुपातिकमा २० लाख भोट ल्याउँछौंः नेपाल

    ८ महिना अघि
    समाचार
    थप

    चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने
    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५
    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८
     

    Online Khabar News

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution