• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ २०, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    २ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ २०, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

इलामको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढेसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ

होमपेज / प्रदेश नं. १
  • २८१ पटक पढिएको


  • २०७७ मंसिर २६, शुक्रबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • इलामको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढेसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ भएको छ । नेपाली प्रशासनको उपस्थिति नै नभएका क्षेत्रमा सरकारले सशस्त्र प्रहरीको स्थायी सीमासुरक्षा पोष्ट स्थापना गरेपछि सुरक्षा व्यवस्था सुदृढ भएको हो । एक वर्षअघि सूर्योदय नगरपालिका–२ स्थित पशुपतिनगरमा सशस्त्र प्रहरीको पहिलो सीमासुरक्षा पोष्ट स्थापना गरिएको थियो ।

    पशुपतिनगरमा सीमाक्षेत्रको सुरक्षाका लागि छुट्टै सीमा सुरक्षा पोष्ट स्थापना भएपछि स्थानीयवासी खुशी देखिन्छन् । पर्यटनको प्रचुर सम्भावना भएको इलामको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था नहुँदा पर्यटन व्यवसायीले लगानी गर्न सकेका थिएनन् ।

    खुला सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी नहुँदा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०को हप्कीदप्की सहनुपर्ने अवस्थाबाट नेपाली नागरिकले पार पाएको माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले बताए । “सीमा क्षेत्रमा समन्वय गर्ने प्रशासन उपस्थिति नहुँदा भारतीय सीमा सुरक्षा बलले विकास निर्माण र पर्यटन प्रवद्र्धनको काममा असर पुगेको थियो”, अध्यक्ष राईले भने।

    नेपाल भारत सीमा क्षेत्रको साढे ५२ किलोमिटर क्षेत्रमा सात वटा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापना गर्ने नेपाल सरकारको निर्णय रहेको छ । रोङ गाउँपालिकाको सकलकपुर, सूर्योदय नगरपालिकाको समाल्बुङ, छब्बिसे, पशुपतिनगर, सन्दकपुर गाउँपालिकाको कालपोखरी र माईजोगमाई गाउँपालिकाको जौबारी क्षेत्रमा सुरक्षा पोष्ट राखिएको सशस्त्र प्रहरी नम्बर १ हेडक्वाटर इलामका गणपति सुधिरजङ्ग थापाले बताए । सूर्योदय नगरपालिकाको मानेभञ्ज्याङमा पनि चाँडै अस्थायी पूर्वाधार निर्माण गरी पोष्ट राख्ने तयारी भएको थापाले बताए ।

    स्थापना भएका सुरक्षा पोष्ट कतै भाडाका घरमा त कतै प्रयोगविहीन भएर बसेका सरकारी संरचनामा राखिएका छन् । चालू आर्थिक वर्षमा सलकपुर, जौबारी र समाल्बुङ सीमा सुरक्षा पोष्टको स्थानीय संरचना निर्माण गरिसक्ने योजनाका साथ ठेक्का सम्झौताको काम सम्पन्न भएको गणपछि थापाले जानकारी दिए । भारतीय सीमा सुरक्षा बलसँग समन्वय गर्ने सशस्त्र प्रहरीको टोली सीमा क्षेत्रमा राखिएपछि दुई देशमा समन्वय गर्न पनि सजिलो भएको सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राईले बताए । सन्दकपुर र माईजोगमाई क्षेत्रको जौवारी र कालपोखरीमा सुरक्षा पोष्ट स्थापना भए पनि प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुर कैयाकट्टा, मेघमा र गैरीबासमा पोष्ट स्थापनाको माग गरेको राईले जानकारी दिए ।

    सीमा क्षेत्रका बस्ती नै सीमा रक्षा किल्ला भएकामा राष्ट्रले ढिलै भए पनि सीमा सुरक्षा पोष्ट स्थापना भएपछि नेपालको सुरक्षाको दायारा फराकिलो हुनुका साथै सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण हुने इलाम नगरपालिका प्रमुख महेश बस्नेतले बताए । जिल्ला समन्वय प्रमुख गणेश बरालले स्थापना भएका सीमा सुरक्षा पोष्टलाई थप व्यवस्थापनको काम अघि बढाउन माथिल्लो निकायसँग आग्रह गरिएको बताए । सीमा रक्षा, संवेदनशील क्षेत्रको संरक्षण, जैविक विविधता, चोरी निकासी र तस्करी नियन्त्रणको काममा सुरक्षा पोष्टका सुरक्षाकर्मी खटिने भएकाले थप व्यवस्थित बनाउन निर्माणको काम पनि थालिएको बरालले जानकारी दिए ।

    प्रदेश सांसद खिनु लङ्वा लिम्बूले सशस्त्र प्रहरी बलको उपस्थितिले सीमा सुरक्षा र नेपाली नागरिक ढुक्कका साथ बस्ने वातावरण भएको बताए । उहाँले इलामको नेपाल–भारत सीमा क्षेत्रमा चार÷चार किलोमिटरको फरकमा सीमा सुरक्षा पोष्ट राख्नुपर्ने बताए । लिम्बूले भन्नुभयो, “सन्दकपुर, आहाल, कैयाकट्टा, मेघमा, गैरीबास, समाल्बुङ खोला गोदाम र मेची र सिद्धि खोलाको दोभानमा बिओपी राख्नुपर्छ ।”

    सीमा क्षेत्रमा नेपाली प्रशासनको उपस्थिति नहुँदा प्रदेश सरकारका योजना कार्यान्वयनमा समस्या भएकाले सुरक्षा पोष्ट स्थापनाले भारतीय सीमा सुरक्षा बल एसएसबीले गर्ने अवरोध हट्नेछ । सीमाबाट ३०० मिटर तल आएर भारतीय एसएसबीले विकासका योजना रोक्ने काम गरेका छन्”, उहाँले भन्नुभयो, “कतिपय क्षेत्रमा जनता आफैँले पूर्वाधार निर्माणको काम गरे पनि तीन वटा योजना एसएसबीको अवरोधले अधुरै रहेका छन् ।”

    “सीमा सडकको १५ किमी ट्र्याक ओपन गर्नुपर्ने बाँकी रहेकाले तत्काल बजेटको व्यवस्थाका लागि प्रदेश सरकारबाट काम गर्न पहल भइरहेको उहाँले बताए । उनले माईजोगमाई गाउँपालिकाको तुम्लिङमा प्रदेश १ सरकारका कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री रामबहादुर रानामगरले सीमा सुरक्षा पोष्ट स्थापनापछि सीमा क्षेत्रको पिलर सर्ने घटना नहुने बताए । इलाम क्षेत्र नं २ को १ बाट प्रदेशसभामा निर्वाचित रानाले नयाँ संविधान निर्माणपछिका सरकारले सीमा क्षेत्रमा सुरक्षाकर्मी राख्ने योजना गरेअनुसार सीमा सुरक्षा पोष्ट स्थापना भए पनि भारतको तुलनामा सङ्ख्या कम भएको बताए । “छिमेकी देशको तुलनमा हाम्रा पोष्ट कम भए पनि सीमा क्षेत्रमा हुने अवैधानिक कामसँगै भूमि रक्षाका लागि महत्वपूर्ण काम हुने मन्त्री रानाको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution