परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय जनता पार्टीको विदेश विभागका इन्चार्ज डा विजय चौथाइवाबीच भेटवार्ता भएको छ ।
नेकपाका महासचिव विष्णु पौडेलको निमन्त्रणमा नेपाल आइपुगेका भाजपाका नेता चौथाइावालाले परराष्ट्रममन्त्री ज्ञवालीसँग भेट गरेका हुन् ।
भेटमा नेपाल र भारतबीचका आपसी हितका विषयमा छलफल भएको थियो । यसअघि, चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए ।
पछिल्लो समय नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला चौथाइवाको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
उनले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, महामन्त्री शशांक कोइराला, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर, नेता उपेन्द्र यादव लगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।