• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ चैत्र ७, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    १ हफ्ता अघि

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ महिना अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ महिना अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ महिना अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ महिना अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ चैत्र ७, मंगलबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

अस्पतालहरुबाट निस्कने फोहोरको व्यवस्थापन गर्दै प्रदेश १ सरकार

होमपेज / प्रदेश नं. १
  • ३८७ पटक पढिएको


  • २०७७ मंसिर २५, बिहिबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अस्पतालजन्य फोहोरका कारण विभिन्न संक्रमणको तनाव थपिएका बेला प्रदेश १ सरकारले त्यसलाई सुरक्षित साथ व्यवस्थापन गर्न थालेको छ ।

    अस्पतालहरुबाट निस्कने फोहोरको उचित व्यवस्थापन नहुँदा विभिन्न रोगको संक्रमण हुने जोखिम बढेकोभन्दै व्यवस्थापनका लागि प्रदेश सरकारले अग्रसरता देखाएर काम थालेको हो । अस्पतालबाट निस्कने फोहोर जताततै फ्यालिँदा समस्या जटिल बनेर गएको विभिन्न अध्ययनले देखाएपछि सरकारले व्यवस्थापनको कदम चालेको हो ।

    प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले १४ जिल्लाकै सरकारी अस्पतालबाट निस्किने फोहोरको व्यवस्थापनका लागि सरकारले काम सुरु गरिसकेको जानकारी दिए । सरकारी अस्पताल र स्वास्थ्य संस्थाबाट निस्कने फोहोरको उचित र सुरक्षित साथ व्यवस्थापनको काम सरकारले गर्ने भए पनि निजी अस्पतालको फोहोर व्यवस्थापन भने चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

    प्रदेश १ मा ठूला र नाम चलेका एक दर्जन बढी निजी अस्पताल एवं स्वास्थ्य संस्था छन् । तर कुनैले पनि अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि काम नगरेको पाइएको मन्त्रालयले जनाएको छ । ‘सबै अस्पतालले संक्रमण फैलनसक्ने जोखिम रहेका अस्पतालजन्य फोहोर जताततै फ्यालेको पाइन्छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘सम्बन्धित निजी अस्पताललाई तत्काल उचित व्यवस्थापनका लागि निर्देशन दिइसकिएको छ ।’

    मन्त्री घिमिरेले निजी अस्पतालको फोहोर व्यवस्थापनका लागि पनि अस्पताल सञ्चालकहरुसँग मन्त्रालयले छलफल अघि बढाएको जानकारी दिए । विराटनगरमा निजी स्तरबाट सञ्चालित साना अस्पतालको फोहोर व्यवस्थापनका लागि त्रिपक्षीय साझेदारी मोडलबाट काम गर्ने तयारी गरिएको उनको भनाइ छ ।

    उनले भने,‘ प्रदेश सरकार, विराटनगर महानगरपालिका

    र निजी अस्पतालबीच फोहोर व्यवस्थापनका लागि एक खाले समझदारी बनाएर काम थाल्ने योजना छ ।’ विराटनगर बाहिरका निजी अस्पतालहरुको फोहोर व्यवस्थापनबारे पनि छलफल भइरहेको मन्त्री घिमिरेको भनाइ छ । अस्पतालजन्य फोहोर व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको र उचित तवरबाट व्यवस्थापन गरेर संक्रमणको जोखिम हटाउनुपर्छ भन्ने कुरामा सरकार सचेत रहेको मन्त्री घिमिरेले बताए । उनले अस्पताल मात्रै नभएर हरेक फोहोरको सफाइमा प्रदेश सरकार लागि परेको बताए ।

    सरकारी अस्पतालको फोहोर व्यवस्थापनका लागि बजेट समेत विनियोजन भएर काम सुरु भइसकेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक डा. सुरेश मेहताले बताए । उनले चालु आर्थिक वर्षबाटै सरकारी अस्पतालहरुको फोहोर व्यवस्थापनको काम व्यवस्थित हुँदै जाने दाबी गरे ।
    कोसी अस्पताल विराटनगरका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दासले अस्पतालमा व्यवस्थित फोहोर व्यवस्थानको काम सुरु भएको जानकारी दिए । उनले फोहोर जलाएर नष्ट गर्नेभन्दा पनि त्यसलाई कमाउने माध्यमका रुपमा प्रयोगमा गर्नुपर्नेमा जोड दिए ।
    अस्पतालजन्य फोहोर व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्था हिकाफ ३६० ले सुनसरीको इनरुवा अस्पताल र कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रको फोहोर व्यवस्थापन सम्बन्धी अध्यययन प्रतिवेदन प्रस्तुत गरेको छ । प्रतिवेदन प्रस्तुत गर्दै उसले प्रदेश सरकारलाई पनि बुझाइसकेको छ ।

    हिकाफका कार्यकारी निर्देशक महेश नकर्मीले इनरुवा अस्पतालको फोहोर व्यवस्थापन व्यवस्थित नभएको बताए । कोसी कोभिड अस्पतालले फोहोर व्यवस्थापनको काम व्यवस्थित गरेको पाइएको बताउँदै उनले अरु सरकारी अस्पतालबाट निस्कने फोहोर पनि उचित र सुरक्षित हिसाबले व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गरे । नकर्मीले अस्पतालजन्य फोहोर व्यवस्थापन नगरेर जथाभावी फ्याल्दा सर्वसाधारण विभिन्न रोग संक्रमणको जोखिममा रहेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    ७ मन्त्रालय रहेको प्रदेश १ ले अब ५ वटा मन्त्रालय थपर १२ मन्त्रालय बनाउने

    इटहरीमा ६ जनाको समूहले एक महिलालाई धानखेतमा लगेर जबर्जस्ती करणी,चारजना १८ वर्षमुनि

    प्रदेश १ मा १६८ जनामा कोरोना सङ्क्रमण, चार पुरुषको मृत्यु

    विराटनगर कांग्रेस सभापतिमा दीपक चापागाईं निर्वाचित

    विगत २४ घण्टामा प्रदेश १ मा चार सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

    १३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु

    ताजा समाचार
    १.

    विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    १ हफ्ता अघि
    २.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि
    ३.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि
    ४.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि
    ५.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि
    ६.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution