प्रधानमन्त्री ओलीसँग भाजपा विदेश विभाग प्रमुख चौथाइवाको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार दिउँसो उहाँले भेट गर्नुभएको हो ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराइकाअनुसार शिष्टाचार भेटमा दुई देशको जनस्तरको सम्बन्ध विस्तार गर्ने बारेमा सामान्य कुराकानी भएको छ । पछिल्लो समय भारतीय उच्चस्तरीय प्रतिनिधिहरु नेपाल भ्रमणमा आउनेक्रम बढेको र भेटमा दुई देशको हितलाई मध्येनजर गरी आपसी समझदारीअनुसार काम गर्ने छलफल भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार भेटमा दुई देशबीचको आपसी सम्बन्ध विस्तार र हितमा काम गर्ने विषयमा छलफल भएको छ । यसअघि भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला नेपाल भ्रमणमा आउनुभएको थियो । उहाँले मंसिर ११ गते राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्नुभएको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *