शेयर बजारमा नेप्से र कारोवार रकममा भारी गिरावट

२४ मंसिर । शेयर बजारमा नेप्से परिसूचक करीव ४० अंकले गिरावट आएको छ । बुधवार शेयर बजारको नेप्से परिसूचकमा ३९.६० अंकले घटेर १ हजार ९ सय ५५ दशमलव ७५ अंकमा कायम भएको हो ।

मंगलबार पनि घटेको शेयर बजारमा बुधवार पनि भारी अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेन्सेटिभ परिसूचक ८.४७ बिन्दुले घटेर ३७१ दशमलव ७१ मा गिरावट आएको छ ।

बुधवार २०१ कम्पनीको १ करोड ८ लाख २१ हजार ९७२ कित्ता सेयर ४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ मा कारोबार भएको छ । शेयर बजारमा कारोवार रकममा पनि भारी गिरावट आएको छ ।

जलविद्युत् उपसमूह बाहेक अरु सबै उपसमूहको सेयर ओरालो लागेको छ ।जलविद्युत् २२.८९ बृद्धि भएको छ भने बैंकिङ ३०.५९, व्यापार ९९.२६, होटल ५९.९४, विकास बैंक २२, वित्त २.५८, निर्जीबन बीमा २२५.१३, उत्पादन ९८.५४, अन्य ४६.८५, माइक्रोफाइनान्स ६९.८, जीवन बीमा २७०.४६ र सामूहिक लगानी कोष ०.१५ ले ओरालो लागेको छ ।

बुधवार हाइड्रोपावर समूह बाहेक अन्य समूहको शेयर बजार बढ्न सकेन् । पछिल्लो समय शेयर बजारमा आएको भारी र अस्वाभाविक गिरावट बाट साना तथा माध्यम खालका लगानीकर्ता बढी प्रभावित भएका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *