विश्वराज पोखरेललाई एआईजी बन्नै समस्या

मंसिर, काठमाडौं । आईजीपी बन्ने लाइनमा रहेका डीआईजी विश्वराज पोखरेललाई एआईजी बन्नै समस्या थपिएको छ । गृह मन्त्रालयले गरेको प्रहरी अतिरिक्त महानिरीक्षक ‘एआईजी’ बढुवा सिफारिसविरुद्ध प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेपछि उनलाई एआईजी बन्नै धक्का लाग्ने भएको हो ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’ विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न १५ मंसिरमा सिफारिस गरेको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबावमा विश्वराजलाई ब्याचबाट एकल बढुवा गर्दै महानिरीक्षक बन्ने प्रतिष्पर्धा अन्त्य गरिएको भन्दै समितिमा उजुरी परेको हो ।

उजुरीमा डेढ वर्ष अघि नै भावी आईजीपीको टुंगो लगाएपछि अन्य प्रतिष्पर्धी डीआईजीको मनोबल खस्किने भएकाले पनि यो उपयुक्त नभएको भनिएको छ । समितिले यो विषयमा छलफल राख्ने तयारीसमेत गरेको छ । विश्वराजलाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको स्थान सुरक्षित गर्ने गरी उपप्रधानमन्त्री पोखरेलको दबाबमा २७ कार्तिक प्रहरीमा एआईजीको एउटा दरबन्दी थपिएको थियो । यसले नेपाल प्रहरीभित्रको सेटिङबारे चौतर्फी आलोचना खेपिरहेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *