थप सशक्त नारीका प्रस्तुत हुनेछु : नायिक श्वेता खड्का

काठमाडौँ, २३ मंसिर । नायिका श्वेता खड्काले विवाहलगत्तै थप सशक्त नारीका रूपमा प्रस्तुत बताएक िछिन् । सोमबार विवाह बन्धनमा बाधिँएकी खड्काले महिलाको सशक्तीकरणका विषय उठाउँदै थप सशक्त हुने बताएकी हुन् ।

सोमबार दोस्रोपटक विवाह गरेलगत्तै नायिका खड्काले ‘म थप सशक्त नारीका रूपमा तपाईंहरूका सामुन्ने प्रस्तुत हुनेछु,’ सोमबार राति नायिका खड्काले आफ्नो फेसबुक पेजमा लेखेकी छन्, ‘आगामी दिनमा एक महिलाको सशक्तीकरणमा केही गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यसलाई साकार बनाउनका लागि म प्रयासरत रहनेछु।’

६ वर्षअघि नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएको १ महिनामा श्रेष्ठको निधन भएपछि उनले धनगढीका विजयेन्द्रसिंह रावतसँग सोमबार विवाह गरेकी हुन्। उनले लेखेकी छिन्, “अनत्वगोत्वा : मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ ।

मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्‍याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ ।

मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु ।म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु । आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउनको लागी म प्र यासरत रहनेछु । अत स् मलाई तपाइहरु सम्पुर्णको साथ , साल्लाह , सुझावका साथै शुभ-आशिर्वादको आवश्यकता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु ।”

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *