सरकार र संक्रमितबाट दोहोरो उपचार शुल्क लिने अस्पताललाई कारवाही गरिने

संक्रमित व्यक्ति र सरकारबाट दोहोरो उपचार शुल्क लिने अस्पताल कारवाहीमा पर्ने भएका छन्। कोरोना संक्रमितको उपचारका लागि सूचिकृत अस्पताललेसमेत सेवाग्राही र मन्त्रालयसँग दोहोरो शुल्क लिइरहेको जनगुनासोहरू आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कारवाहीका लागि काम अघि बढाइएको जानकारी गराए।

त्यस्ता अस्पतालको अनुगमन गरी कारवाहीका लागि केस व्यवस्थापन कार्यदलले आवश्यक काम गर्ने निर्णय भएको गौतमले जानकारी दिए। अस्पतालहरूले दोहोरो शुल्क लिएको गुनासो आएपछि आइतबार बिहान बसेको इन्सिडेन्ट कमान्ड सिस्टम ‘आइसिएस’ को बैठको उक्त निर्णय गरेको हो।

सरकारले देशभरका सरकारी अस्पतालहरूलाई लक्षणसहितका कोरोना संक्रमितको निःशुल्क उपचार गर्न भनेको छ। बीचमा सरकारले आफैं उक्त निर्णय उल्टाउँदै संक्रमितको उपचार खर्च लाग्ने जनाएपछि त्यसको चौतर्फी आलोचना भएको थियो। जसका कारण सरकारले तत्काल निर्णय फेर्दै पुनः लक्षणसहितका संक्रमितको निःशुल्क परीक्षण तथा उपचार हुने जनाएको हो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *