श्वेता खड्काको धनगढीको धनाढ्यसँगको करोड खर्चिने विवाह

काठमाडौं, २१ मंसिर । नायिका श्वेता खड्काको तामझामका साथ भोलि सोमबार गोकर्ण रिसोर्टमा विवाह हुँदैछ । उनको विवाहमा भीआइपी पाहुनाहरु डाकिएका छन् । आफ्नो विवाहमा भीआइपी पाहुनाहरु आउने भन्दै श्वेताले कडा सुरक्षाको लागि रिसोर्ट व्यवस्थापनलाई भनिसकेकी छिन् । सबैभन्दा सुरक्षा फोटो लिक हुने हो कि भन्ने श्वेतालाई रहेको छ । श्वेताले होटल व्यवस्थापनलाई एउटा पनि तस्बिर कहीं कतैबाट लिक हुनु हुँदैन भनी आश्वस्त पार्न भनेकी छिन् । एउटा मात्र तस्बिर लिक भएमा कडा कदम चाल्ने सम्म भनेकी छिन् ।

धनगढीका धनाढ्य विजयेन्द्र रावतसँग श्वेताको विवाह हुनलागेको हो । रावत श्वेताभन्दा उमेरले कान्छा छन् । उनको परिवार धनगढीमा गनेचिनेको व्यापारीमा पर्छ । विजयेन्द्रकी आमाको उच्च राजनीतिक घरानाँसँग नजिकको सम्बन्ध छ ।

यसपटक श्वेता र जियेन्द्रको विवाहमा करोड खर्चको आँकलन गरिएको छ । नेपालको महङ्गो मध्येको गोकर्ण रिसोर्ट नै रिजर्भ गरेर श्वेताको विवाह हुँदैछ । कोरोना भाइरसको कहरबीच श्वेताले महङ्गो विवाह गर्न लागेपछि चलचित्र क्षेत्रमा तरंग नै आएको छ ।

श्वेताको यो पहिलो विवाह भने होइन । उनले यसअघि श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । तर, श्रीकृष्णको विवाहलगत्तै निधन भएपछि श्वेता विगत छ वर्षयता एकल महिलाका रुपमा चिनिन्थिन् । तर, उनले विजयेन्द्रसँग प्रेमसम्बन्ध राख्दै आएको खुलेको छ । श्वेताले आफ्नो कसैसँग प्रेमसम्बन्ध नरहेको भन्दै मिडियालाई ढाँट्दै आएकी थिइन् । विजयेन्द्रसँगको सम्बन्धबारे केही समय अघि मात्र खुल्यो । त्यो पनि विवाहको कार्ड मिडियामा आएपछि ।

चलचित्र क्षेत्रमा लगानी गर्नुको अलावा श्वेताले बालुवाटारमा हिमालय जाभा कफी शप चलाउँदै आएकी थिइन् । त्यसमा उनले एक करोड रुपैयाँ लगानी गरेकी थिइन् । तर, केही समय अघि उक्त कफी शप तीन करोड रुपैयाँमा विक्री गरेको चर्चा छ ।

श्वेता खड्काबाट विवाहको अघिल्लो रात आयो मुटु छुने शब्द

श्वेताले विजयेन्द्रसँग विवाह गर्न लाग्दा धेरैको चासो उनको भावुक अभिव्यक्ति र सामाजिक सञ्जालमा आउने गरेको स्टाटसमा जाने गरेको छ । उनी पतिवियोगले पीडामा हुँदा धेरैको सान्त्वना पाइन् । अहिले विवाह गर्दा धेरैले सामान्य नै माने । तर, उनले श्रीकृष्णको नाममा फाइदा लिएको आलोचना गर्नेहरु देखिएका छन् । विगतमा जीवनभर श्रीकृष्णलाई मुटुमा राखेर बाँच्छु भनेकी उनले अब विजयेन्द्रलाई पाएकी छिन् ।

‘मृत्युलाई रोजिनँ, जीवनलाई नै रोजें’

श्वेताको अकस्मातको विवाहको निर्णयबाट श्रीकृष्णको परिवार नै आश्चर्यमा परेको बुझिएको छ । स्रोतका अनुसार उनको निर्णयलाई श्रीकृष्णको परिवारले रुचाएको छैन । कतिपयले उनको विगत र वर्तमानमा आएको फरक देखेर आशंकाहरु गर्न थालेका छन् । चलचित्रमा जस्तै उनको जीवन यथार्थभन्दा अभिनयले त भरिन थालेको होइन ? यो प्रश्न चलचित्रका जानकारहरुले गर्न थालेका छन ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *