प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा देखिएको राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने बताएका छन् ।
बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा जनतामा सङ्घीय र प्रदेशमा रहेको स्थिर सरकारको अन्यौलतासम्बन्धी निराशा केही समयभित्रमा सकारात्मक हुनुका साथै विकास र समृद्ध कार्य द्रुत रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री राईले लोकतन्त्रमा हामीले हाम्रो भाषा, धर्म र संस्कृति संरक्षणको सङ्गठितरुपमा कार्य गर्नुपर्ने बताउँदै अन्यथा नेपालीको पहिचान हराउने धारणा व्यक्त गरे ।