प्रदेश १ को सामाजिक विकासमन्त्री हिक्मतकुमार कार्कीले पदभार ग्रहण गरेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका कार्कीले सामाजिक विकासमन्त्रीको थप जिम्मेवारी पाएपछि सोमबार पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले एकीकृत एम्वुलेन्स तथा पूर्व–अस्पताल सेवा सञ्चालन निर्देशिका २०७७ बमोजिम प्रादेशिक एकीकृत एम्वुलेन्स तथा पूर्व–अस्पताल व्यवस्थापन समिति गठनसम्बन्धी निर्णयमा हस्ताक्षर गरे ।
मन्त्री कार्कीलाई मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, महाशाखा प्रमुख, कर्मचारीहरूले स्वागत गरेका थिए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले आइतबार पदबाट राजीनामा दिएका थिए ।