अफ्रिकाको कंगोमा बिरामीलाई हेमोर्याजिक ज्वरोको लक्षण देखिएपछि नमुन परीक्षण गरिएको छ।
यस पछि, बिरामीलाई अलग गरिएको थियो र उसका नमूनाहरू इबोला परीक्षणको लागि पठाइएको थियो।
यस समयमा धेरै मेडिकल विज्ञहरूले यो प्रश्नको बारेमा संघर्ष गरिरहेका थिए कि यदि महिलालाई इबोला छैन भने के हुन्छ? यदि महिला ‘डिजिज एक्स’को बिरामीहुन भने त्यो नयाँ भाइरसबाट जन्मेको हो भने नि? र यो रोग कोरोना जस्तै छिटो फैलिन्छ र इबोला जस्तै ज्यान जाने खतरा हुन्छ।
डिजिज एक्स, एक अज्ञात रोग हो, जुन भविष्यमा विश्वमा फैलिन सक्छ। विश्वका प्रख्यात चिकित्सा वैज्ञानिकहरूले डिजिज एक्सको डर जायज रहेको वताउँदै आएका छन् ।
सीएनएनको रिपोर्ट अनुसार कंगोमा बिरामीका डाक्टर डा. डेडिन बोनकोले भन्छन, ‘नयाँ महामारी काल्पनिक कुरा होइन, तर वैज्ञानिक प्रमाणको आधारमा पैदा भएको डर हो। कसैलाई पनि इबोलाको बारेमा थाहा थिएन। कोरोनाको बारेमा पनि होईन। हामी नयाँ रोगदेखि डराउनुपर्दछ।’
सन् १९७६ मा इबोला भाइरसको खोजीमा सहयोग पुर्याउने प्रोफेसर जीन जेसक्युस मुएम्बे ताम्फमका अनुसार अफ्रिकाको वनबाट नयाँ र सम्भावित खतरनाक भाइरस फैल्ने खतरा छ।
इबोलाको खोज पछि प्रोफेसर ताम्फम पनि लगातार नयाँ भाइरसको खोजीमा थिए।