परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवली भारत भ्रमणमा जाने तयारीमा रहेको परराष्ट्र स्रोतले जनाएको छ । उनको भारत भ्रमणको मिति तय भने भइनसकेको स्रोतले जनाएको छ । यद्यपि परराष्ट्रमन्त्री ज्ञवलीको भारत भ्रमण केही दिनमै हुने स्रोतले बतायो ।
मन्त्री ज्ञवली दुई पक्षिय वार्ताको लागि भारत जान लागेका हुन् । मंसिर ११ गते काठमाडौं आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलामार्फत भारतीय विदेदेशमन्त्री एस जयशंकरले दुई पक्षिय वार्ताका लागि मन्त्री ज्ञवलीलाई निम्तो पठाएका थिए ।
मन्त्री ज्ञवलीको भ्रमण अघि नेपालस्थित भारतीय दूतावास र नेपालस्थित भारतीय दूतावासले विभिन्न तयारी भइरहेको बताएका छन् ।