नेपाली तीव्र गतिका बलर सोमपाल कामीले मराठा अरेबियन्सबाट टि १० लिग खेल्ने भएका छन्। बुधवार लिगको अफिसियल ट्विटरमार्फत उनलाई मराठाले आबद्ध गरेको जानकारी दिइएको हो।सोमपालले दोस्रो पटक विदेशी लिग खेल्न लागेका हुन्। टी १० लिगमा सोमपाल नेपालबाट अनुबन्ध हुने तेस्रो खेलाडी हुन्।
यसअघि पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछानेले टि१० लिग खेलिसकेका छन्।
प्रतियोगिताको आगामी संस्करण २८ जनवरीदेखि ६ फेब्रुअरीसम्म यूएईमा हुनेछ।